नेपालको लुम्बिनी नम्बर प्रदेशमा रहेका १२ जिल्लाहरु मध्ये नवलपरासी बर्दघाट सुस्ता पश्चिम पनि एउटा हो । यस जिल्लाका ७ स्थानीय तह मध्यको रामग्राम नगरपालिका एक हो र यो नगरपालिका वि.स. २०५३ चैत्र १४ गतेका दिन स्थापना भएको हो । भगवान् गौतम बुद्धको पवित्र अस्थिधातु रहेको प्राचीन रामग्राम स्तुपका नाममा यस नगरपालिकाको नामाकरण रामग्राम नगरपालिका भनी गरिएको हो । मिति २०७३ साल फाल्गुन २७ गते पुन संरचना पछि साबिक रामग्राम नगरपालिकाको १३ वडा र साबिक ५ वटा गा.बि.स (अमराैट, सुक्रौली,हकुई,बन्जरिया तथा देवगाव) मिलाई कुल १२८.३२ वर्ग कि.मि. क्षेत्रफल रहने गरि हाल रामग्राम नगरपालिका बनेको छ |
सिमाना
पूर्व:सरावल गा.पा.
पश्चिम:रुपन्देही जिल्ला
उत्तर:सुनवल नगरपालिका
दक्षिण:पाल्हीनन्दन गा.पा.
हावापानी:उष्ण मनसुनी हावापानी कहीकतै समशितोष्ण उल्लेख गरेको पाईन्छ ।
दिर्घकालिन सोच:
“नगरबासीकाे सराेकार" स्वच्छ,पारर्शी विकासमुखी"स्थानीय सरकार“
जनस्वास्थ्य:
विवरण | संख्या | अवस्थिति |
---|---|---|
जिल्ला अस्पताल २५ सैया | १(एक) | रामग्राम न.पा. वडा नं. ५ |
उपस्वास्थ्य चौकी | ८ (आठ) | रामग्राम न.पा. वडा नं. ७,१०,११,१४,१५,१६,१७,१८ |
विनोद निता आखा अस्पताल | १(एक) | रामग्राम न.पा. वडा नं. ५ |
जनसाख्यिक अवस्था:
विक्रम सम्वत् २०६८ को राष्ट्रिय जनगणना अनुसार यस नगरपालिकाको जनसंख्या ५९४५५ रहेको थियो, जसमा पुरुष २९१३२.९५ र महिला ३०३२२.०५ रहेको देखिन्छ । यसरी २०५८ को जनसंख्यालाई आधार वर्ष मान्ने हो भने यहाँ प्रतिवर्ष जनसंख्या वृदिद्धर २ प्रतिशत रहेको छ । यहाँ कुल घरधुरी संख्या १०८५५ रहेको छ भने जनघनत्व ८२५ प्रति व.कि.मि रहेको छ ।