FAQs Complain Problems

Flash News

संक्षिप्त परिचय

नेपालको लुम्बिनी नम्बर प्रदेशमा रहेका १२ जिल्लाहरु मध्ये नवलपरासी बर्दघाट सुस्ता पश्चिम पनि एउटा हो । यस जिल्लाका ७ स्थानीय तह मध्यको रामग्राम नगरपालिका एक हो र यो नगरपालिका वि.स. २०५३ चैत्र १४ गतेका दिन स्थापना भएको हो । भगवान् गौतम बुद्धको पवित्र अस्थिधातु रहेको प्राचीन रामग्राम स्तुपका नाममा यस नगरपालिकाको नामाकरण रामग्राम नगरपालिका भनी गरिएको हो । मिति २०७३ साल फाल्गुन २७ गते पुन संरचना पछि साबिक रामग्राम नगरपालिकाको १३ वडा र साबिक ५ वटा गा.बि.स (अमराैट, सुक्रौली,हकुई,बन्जरिया तथा देवगाव) मिलाई कुल १२८.३२ वर्ग कि.मि. क्षेत्रफल रहने गरि हाल रामग्राम नगरपालिका बनेको छ |

सिमाना
पूर्व:सरावल  गा.पा.
पश्चिम:रुपन्देही जिल्ला 
उत्तर:सुनवल नगरपालिका
दक्षिण:पाल्हीनन्दन  गा.पा.

हावापानी:उष्ण मनसुनी हावापानी कहीकतै समशितोष्ण उल्लेख गरेको पाईन्छ ।

दिर्घकालिन सोच:
“नगरबासीकाे सराेकार" स्वच्छ,पारर्शी विकासमुखी"स्थानीय सरकार“

जनस्वास्थ्य:

विवरण संख्या अवस्थिति
जिल्ला अस्पताल २५ सैया १(एक) रामग्राम न.पा. वडा नं. ५
उपस्वास्थ्य चौकी ८ (आठ) रामग्राम न.पा. वडा नं. ७,१०,११,१४,१५,१६,१७,१८ 
विनोद निता आखा अस्पताल १(एक) रामग्राम न.पा. वडा नं. ५

जनसाख्यिक अवस्था:
विक्रम सम्वत् २०७८ को राष्ट्रिय जनगणना अनुसार यस नगरपालिकाको जनसंख्या ६४०१७  रहेको थियो, जसमा पुरुष ३१६२४  र महिला ३२३९३  रहेको देखिन्छ । यसरी २०६८ को जनसंख्यालाई आधार वर्ष मान्ने हो भने यहाँ जनसंख्या वृदिद्धर ०‍.०८५  रहेको छ । यहाँ कुल घरधुरी संख्या १३१३७ रहेको छ भने जनघनत्व ४९८.९५ प्रति व.कि.मि रहेको छ ।